नक्कली भुटानी शरणार्थी प्रकरण संवेदनशील विषय भएकोले अनुसन्धानमा सघाउँछुः प्रतीक थापा
काठमाडौं, २१ वैशाख। नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक थापाले नक्कली शरणार्थी प्रकरणमा आफ्नो संलग्नता नरहेको दाबी गरेका छन्। उनले बिहीबार प्रेस विज्ञप्तिज जारी गर्दै भनेका छन्, ‘संवेदनशील विषय भएकाले आरोप लगाइएका विषयमा सम्बन्धित निकाय,न्यायालयप्रतिको आस्था र सम्मान स्वरूप अनुसन्धान प्रक्रियालाई इमानदारीपूर्वक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछु।’केही सञ्चारमाध्यमले आफू विरुद्ध तथ्यहीन प्रचार गरिरहेको आरोप उनले लगाएका छन्।
प्रतिक्रिया दिनुहोस्