बक्सिङ स्टार मेरी कोमले मणिपुर हिंसाबारे भनिन्– मेरो राज्य जलिरहेको छ, कृपया मद्दत गर्नुहोस् नयाँदिल्ली, २१ वैशाख। बक्सिङकी चर्चित खेलाडी मेरी कोमले भारतको केन्द्र सरकारलाई मणिपुरमा चलिरहेको हिंसा नियन्त्रण गर्नको लागि मद्दत गर्न अपील गरेकी छन्। ‘मेरो राज्य मणिपुर जलिरहेको छ, कृपया मद्दत गर्नुहोस्,’ उनले बिहीबार विहान ट्वीटरमा लेखेकी छन्। उनले आफ्नो ट्वीटमा प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह र रक्षामन्त्री राजनाथ सिंहलाई ट्याग गरेकी छन्। मणिपुरमा बुधबार जनजातीको प्रदर्शनका क्रममा हिंसा भड्कीएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्