सर्बियामा १३ वर्षीय बालकले विद्यालयमा गोली चलाउँदा ९ जनाको मृत्यु बेलग्रेड, २१ वैशाख। सर्बियाको राजधानी बेलग्रेडस्थित एक विद्यालयमा भएको गोलीबारीमा ९ जनाको मृत्यु भएको छ। मर्नेमा ८ जना सोही विद्यालयका छात्र र एक जना सेक्युरिटी गार्ड रहेका छन्। गोली चलाउने व्यक्ति सोही विद्यालयमा अध्ययन गर्ने १३वर्षीय बालक रहेका छन्। ती बालक विद्यार्थीले केही दिनदेखि योजना बनाएर विद्यालयमा गोलीबारी गरेको प्रहरीले जनाएको छ। गोली चलाउने विद्यार्थीले मार्नेको सूचि समेत बनाएका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्