सन्दीप विरुद्ध तीन दिनको म्याद थप, सङ्गठित अपराध तथा ठगि मुद्दा अन्तर्गत अनुसन्धान काठमाडौँ, २१ वैशाख। काठमाडौं जिल्ला अदालतले पूर्व उर्जामन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीविरुद्ध अनुसन्धानका लागि तीन दिनको म्याद थप गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सिताराम रिजालका अनुसार रायमाझी विरुद्ध सङ्गठित अपराध तथा ठगि मुद्दा अन्तर्गत अनुसन्धान भइरहेको छ। नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने धन्दामा संलग्न भएको अभियोगमा उनलाई प्रहरीले बुधवार बुटवलबाट पक्राउ गरेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्