नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिनमा सबैले सहयोग गर्नुपर्छः विष्णु रिमाल
काठमाडौं, २१ वैशाख। नेकपा एमालेका उप–महासचिव विष्णु रिमालले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिनमा सबैले सहयोग गर्नुपर्ने बताएका छन्। उनले आज सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘भुटानी शरणार्थी प्रकरणमा होस् वा अन्य कुनै, कानुनभन्दा माथि कोही हुँदैनन्। उन्मुक्ति कसैलाई पनि हुनुहुन्न। निर्दोष नफसुन, कोही दोषी नउम्किउन। छानबीन हुनुपर्छ, छानबिनमा सबैले सहयोग गर्नुपर्छ। यस्ता घटनालाई राजनीतिकरण गर्नुहुन्न। कानुनको पालना सबैले गर्नुपर्छ।’
प्रतिक्रिया दिनुहोस्