महिलालाई विज्ञापनको साधनकोरुपमा प्रयोग गरिएकोप्रति मन्त्री शर्माको आपत्ति
काठमाडौं, २१ वैशाख। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले महिलालाई विज्ञापनको साधनको रुपमा प्रयोग गरिएकोप्रति आपत्ति जनाएकी छन्। काठमाडौंमा आयोजित, विज्ञापनमा लैङ्गिक उत्तरदायित्व विषयक छलफल कार्यक्रममा उनले महिलाहरुलाई सुन्दर भएकै आधारमा विज्ञापनको साधनको रुपमा प्रयोग गर्ने गरिएको बताइन्। यस्तो कार्यलाई छिटोभन्दा छिटो बन्द गर्नुपर्ने उनको भनाई थियो। नेपाली समाजमा रहेको लैङ्गिक असमानता, वेदभावलाई हटाउन चेतनामूलक विज्ञापनको आवश्यकता उनले औल्याइन्।
प्रतिक्रिया दिनुहोस्