राष्ट्रपति पौडेलले गराए नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनियताको शपथ काठमाडौं, २१ वैशाख। नवनियुक्त मन्त्रीहरु धनराज गुरुङ, मोहनबहादुर बस्नेत र डिगबहादुर लिम्बुले आज पद तथा गोपनियताको शपथ लिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले आज शीतल निवासमा आयोजित एक समारोहबीच नवनियुक्त तीन जना मन्त्रीलाई शपथ गराएका हुन्। नवनियुक्त मन्त्रीहरुमध्ये गुरुङलाई कानून, न्याय तथा संसदीय मामिला, बस्नेतलाई स्वास्थ्य तथा जनसंख्या र लिम्बुलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्