आगामी मनसुन सिजनमा अधिकतम तापक्रम देशभर सरदरभन्दा बढी हुने, वर्षा कम हुने
काठमाडौं, २१ वैशाख। जल तथा मासम विज्ञान विभागले आगामी मनसुन सिजनमा देशका अधिकांश स्थानमा सरदरभन्दा कम वर्षा हुने सम्भावना रहेको आँकलन गरेको छ।बिहीवार काठमाडौंमा आयोजिक कार्यक्रममा विभागका मौसमविद् सुदर्शन हुमागाईंले आगामी मनसुन सिजनमा देशका अधिकांश स्थानमा सरदर भन्दा कम वर्षा हुने सम्भावना ३५देखि ५५प्रतिशत रहेको बताए।यस्तै धेरैजसो भूभागमा न्युनतम तापक्रम सरदर भन्दा बढी हुने सम्भावना ३५देखि ४५प्रतिशत रहेको उनले जनाए।
प्रतिक्रिया दिनुहोस्