गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले पाए विस्वासको मत
कास्की, २१ वैशाख। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाएका छन्। गण्डकी प्रदेशसभाको बिहीबारको बैठकमा मुख्यमन्त्रीले आफुलाई विश्वासको मत दिइओस् भनी गरेको प्रस्तावको पक्षमा ३५ सांसदले मत दिएका हुन्। वर्तमान सक्ता साझेदार दलको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका उनलाई कांग्रेसका २७, माओवादीका ७ र एकीकृत समाजवादीको एक गरेर ३५ जनाले सर्मथन गरेका हुन्। गण्डकी प्रदेश सभा कूल ६०सदस्यीय रहेको छ।
प्रतिक्रिया दिनुहोस्