बुद्धले गरेको त्याग हाम्रा लागि ऐतिहासिक गौरव होः प्रधानमन्त्री दाहाल
काठमाडौं, २२ वैशाख। प्रधानमन्त्री पुष्पकमल दाहालले मानवजातिको कल्याणका लागि गौतम बुद्धले गरेको त्याग र लिएको विचार÷अभ्यास नेपालीहरुको लागि विशेष ऐतिहासिक गौरवको विषय भएको बताएका छन्।शुक्रवार २५६७औं बुद्ध जयन्तीको अवसरमा शुभकामना व्यक्त गर्दै उनले भने,‘आजको सन्दर्भमा बुद्धको दर्शन र शिक्षाप्रति गौरव गर्दै मानव जातिको हितका पक्षमा आपसी सद्भाव, सहकार्य एवं एकताका साथ अग्रसर हुनु नै बुद्धप्रति सच्चा सम्मान हुन जान्छ।’
प्रतिक्रिया दिनुहोस्