आज विरल छायाँजनित चन्द्रग्रमण लाग्ने, आँखाले ठम्याउन निकै कठिन काठमाडौं, २२ वैशाख। आज शुक्रबार विरल छायाँजनित चन्द्रग्रहण(पेनम्ब्रल) लाग्दैछ। नेपालमा आज लाग्ने पेनम्ब्रल चन्द्रग्रहण राति ८ः५९बजे सुरू भई ११ः०७बजे मध्य हुनेछ। चन्द्रग्रहण शनिबार विहान १ः१६बजे सकिनेछ। यो चन्द्रग्रहण खग्रास वा खण्डग्रास नभएर विरल छायाँजनित अर्थात् पेनम्ब्रल चन्द्रग्रहण हो। यो ग्रहण नाङ्गो आँखाले ठम्याउन निकै कठिन हुन्छ। सुर्य र चन्द्रमाको बिचमा पृथ्वी आउँदा एउटै सरल रेखामा परेको खण्डमा चन्द्रग्रहण लाग्ने गर्छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्