नेपालसँग कूटनीतिक सम्बन्ध स्थापना भएका देशको संख्या १७९ पुग्यो
काठमाडौं, २२ वैशाख। नेपाल र नाउरुबीच बिहीबार कूटनीतिक सम्बन्ध स्थापना भएको छ। योसँगै नेपालसँग कूटनीतिक सम्बन्ध राख्ने देशको संख्या १७९पुगेको छ। संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी प्रतिनिधि तथा राजदूत अमृतबहादुर राई र राष्ट्रसंघका लागि नाउरुका स्थायी प्रतिनिधि मार्गो रेमिनिसे देइएले कूटनीतिक सम्बन्ध स्थापना गर्ने सम्बन्धी कागजातमा हस्ताक्षर गरेका थिए। कूटनीतिक सम्बन्ध स्थापना भएकोबारे जानकारी राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलाई गराइएको छ।
प्रतिक्रिया दिनुहोस्