पोलमा राखिएको तारको व्यवस्थापन गर्न कसैले सहयोग गरेनन्ः मेयर शाह काठमाडौं, २२ वैशाख। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले पोलहरुमा तारको अवस्था सुधारको लागि आवश्यक कानून बनाउन आग्रह गर्दा कसैले चासो नदेखाएको गुनासो गरेका छन्। अव्यवस्थित तारले भौतिकरुपमा सहरलाई अव्यवस्थित बनाउनुको साथै आगलागीको जोखिम पनि बढाउने हुनाले यसलाई व्यवस्थित गर्नु आवश्यक भएको उनले आज फेसबुकमा लेखेका छन्।महानगरलाई सुन्दर बनाउनन आफ्नो अधिकारभित्र रहेर कार्य गर्न महानगर तत्पर रहेको मेयर शाहले जनाएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्