गौप्राणीमाथि हुने गरेको क्रुरता नियन्त्रण गर्न आवश्यकः उपराष्ट्रपति यादव
काठमाडौं, २२ वैशाख। उपराष्ट्रपति रामसाहय यादवले पछिल्लो समय संस्कृतिको मूल्य र मान्यतामा विचलन आएको टिप्पणी गरेका छन्। शुक्रबार काठमाडौंमा आयोजित श्रीमद्भागवत ज्ञान महापुराण तथा गौरक्ष महायज्ञको उद्घाटन कार्यक्रममा उनले गौप्राणीमााथि हुने गरेको क्रुरता र अत्याचारलाई नियन्त्रण गर्न आवश्यक रहेको बताए। उनले भने,‘पछिल्लो समय हाम्रो संस्कृतिको मूल्य र मान्यतामा विचलन आउँदै गरेका उदाहरणको रुपमा गौप्राणीमाथि गरेको क्रुरता र अत्याचारलाई लिन सकिन्छ।’
प्रतिक्रिया दिनुहोस्