नक्कली शरणार्थी प्रकरणमा नाम जोडिएपछि पूर्वगृहमन्त्री खाँणको ध्यानाकर्षण
काठमाडौं, २३ बैशाख। नक्कली शरणाार्थी ठगी प्रकरणमा आफ्नो पनि नाम जोडेर समाचार आउन थालेपछि पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन्। खाँणले शनिबार विज्ञप्ति जारी गर्दै आधारहीन, तथ्यहीन र संलग्न हुँदै नभएका घटनामा संलग्न भयो भन्दै र जाँदै नगएका स्थानमा भ्रमणमा गएको भन्ने समाचारले अन्योल उत्पन्न हुने र व्यक्तिगत चरित्रहत्या हुने दाबी गरेका छन्।
प्रतिक्रिया दिनुहोस्