रास्वपाले समर्थन फिर्ता लिएपनि सरकारलाई कुनै फरक पर्दैनः कृष्णबहादुर महरा
काठमाडौं, २३ बैशाख । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समर्थन फिर्ता लिँदैमा सरकार नढल्ने दाबी गरेका छन्। शनिबार संवाद डबलीले गरेको कार्यक्रममा उनले राष्ट्रिय स्वतन्त्र पार्टीले समर्थन फिर्ता लिएपनि बहुमत रहेकाले वर्तमान सरकार कायमै रहने बताएका हुन्। उपाध्यक्ष महराले सरकारलाई विश्वासको मत लिन पनि कुनै समस्या नभएको बताए ।
प्रतिक्रिया दिनुहोस्