नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रचण्ड र ओलीबीच आज पनि छलफल
काठमाडौं, २३ बैशाख। नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन भएको ठगीका विषयमा प्रधानमन्त्री प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच शनिबार पनि भेटवार्ता भएको छ। सिंहदरबारमा भएको भेटमा एमाले अध्यक्ष केपी शर्मा ओलीले यही विषयमा कुराकानी गरेको प्रधानमन्त्री प्रचण्डले पत्रकारहरुलाई बताएका छन्।‘अस्ति पनि उहाँको कन्सर्न थियो यही विषयमा। आज पनि यही विषयमा कन्सर्न राख्नुभयो।’ प्रचण्डले भने ।
प्रतिक्रिया दिनुहोस्