एमालेको प्राथमिकता सत्ता होइन, मुलुकको समृद्धि होः शंकर पोखरेल काठमाडौं, २३ बैशाख। नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफ्नो पार्टीको प्राथमिकता सत्ता नभई मुलुकको समृद्धि भएको दाबी गरेका छन्। एमालेले सञ्चालन गरेको मिसन ग्रासरुट अभियानअन्तर्गत उपत्यका विशेष प्रदेश कमिटीको समीक्षा बैठकको समापन कार्यक्रममा उनले यस्तो दाबी गरेका हुन्।अभियानका क्रममा उनले कतिपय कार्यकर्ताबाट सत्तागठबन्धनमा हेरफेर ल्याउन सुझाव आए पनि पार्टीका ध्यान त्यतातिर भई पार्टीलाई बलियो राष्ट्रिय शक्ति बनाउनतिर भएको स्पष्ट पारे।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्