बेलायती राजा चार्ल्स तृतीयले पहिरिए राजमुकुट
काठमाडौं, २३ बैशाख। बेलायती राजा चार्ल्स तृतीयको राज्याभिषेक भएको छ। स्थानीय समयअनुसार दिउँसो १२ बजेर ३ मिनेट जाँदा इसाई धार्मिक परम्परामा आधारित एउटा सौम्य, सांगीतिक समारोहमा आर्चबीसप अफ क्यान्टरबरीले राजा चार्ल्सको शीरमा ‘सेन्ट एड्वर्ड्ज क्राउन’ भनिने राजमुकुट पहिर्याइदिएका थिए ।उनीपछि रानी क्यामिलियालाई पनि मुकुट पहिर्याइएको छ। सो समारोहमा दुई हजारभन्दा बढी अतिथिहरु उपस्थित छन्।
प्रतिक्रिया दिनुहोस्