औद्योगिक आर्थिक क्रान्तिको आरम्भ गर्नुपर्ने आवश्यक्ता छः प्रधनमन्त्री दाहाल काठमाडौं, २४ वैशाख। प्रधानमन्त्री पुष्पकमल दाहालले उद्योग व्यवसायको विकास र बिस्तार गर्दै औद्योगिक आर्थिक क्रान्तिको आरम्भ गर्नुपर्ने आवश्यक्ता रहेको बताएका छन्। आइतबार काठमाडौंमा एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले आगामि आर्थिक वर्षको बजेटमा कृषि, उद्योग र स्वरोजगारले विशेष प्राथमिकता पाउने प्रतिवद्धता जनाए।कृषि क्षेत्रलाई आधुनिकीकरण एवं व्यवसायीकरण गर्दै लघु, घरेलु, साना तथा मझौला उद्योग व्यवसायको विकास गर्न आवश्यक रहेको पनि उनले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्