कंगोमा बाढी–पहिरोः मर्नेको संख्या दुई सय नाघ्यो काठमाडौं, २४ वैशाख। अफ्रिकी राष्ट्र कंगोमा बाढी र पहिरोका घटनामा परी मर्नेको संख्या २०३पुगेको छ। कंगोको दक्षिण किवु प्रान्तको कालेहै क्षेत्रमा भारी वर्षा हुँदा आएको बाढी र पहिरोमा परी उनीहरुको मृत्यु भएको हो।यस्तै दुई दिनअघि कंगोको छिमेकी राष्ट्र रुवाण्डामा पनि बाढी र पहिरोमा परी १३०जनाभन्दा बढीको मृत्यु भएको थियो।संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले जलवायु परिवर्तनका कारण बाढी आएको बताएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्