संवैधानिक परिषद्को बैठक सोमबार साँझ बस्ने
काठमाडौं, २४ वैशाख। संवैधानिक परिषद्को बैठक सोमबार बस्ने भएको छ। परिषद्को बैठक सोमबार साँझ ६ बजेका लागि तय गरिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीबीच शनिबार भएको भेटवार्तापछि संवैधानिक परिषद्को बैठक बस्न लागेको हो। दलहरुबीच कुरा नमिल्दा र संवैधानिक परिषद्को वैठक बस्न नसक्दा लामो समयदेखि सर्वोच्च अदालत कायममुकायम प्रधानन्यायाधीशको भरमा रहेको छ।
प्रतिक्रिया दिनुहोस्