नागरिकता विधेयकको बारेमा राष्ट्रपतिले कानूनविद्हरूसँग परामर्श गर्दै
काठमाडौं, २७ वैशाख। रोकिएको नागरिकता विधेयकको बारेमा बुझ्न राष्ट्रपति रामचन्द्र पौडेलले कानूनविद्हरूसँग परामर्श गर्ने भएका छन्।राष्ट्रपतिको सचिवालयका अनुसार पौडेलले आज दिउँसो १बजे कानूनविद्हरूसँग परामर्श गर्न लागेका हुन्।यसअघि नागरिकता विधेयक प्रमाणीकरणका लागि शीतल निवासमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सो विधेयक पठाइएको भए पनि भण्डारीले प्रमाणीकरण गर्न अस्वीकार गरेपछि विधेयक अलपत्र परेको थियो। वर्तमान सरकारले विधेयक अघि बढाउने निर्णय गरेको छ।
प्रतिक्रिया दिनुहोस्