पाँच वर्षमा आगलागीबाट ४ सय ६४ जनाको मृत्यु, १४ अर्वभन्दा बढीको आर्थिक क्षति काठमाडौं, २४ वैशाख। पछिल्लो पाँच वषमा देशभर आगलागीका १४ हजार ५०७ घटना भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ती घटनामा ४६४ जनाको ज्यान गएको छ। उक्त अवधिमा आगलागीका घटनामा परी एक हजार ९११ जना घाइते भएका छन्। आगलागीले १४ अर्व ४३ करोड ४४ लाख रुपैयाँ बराबरको आर्थिक क्षति गरेको प्राधिकरणले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्