तथ्याङ्क विभागको प्रक्षेपणले मुलुक आर्थिक मन्दिमा फसेको निश्चित भयोः सांसद विनोद चौधरी काठमाडौं, २४ वैशाख। नेपाली कांग्रेसका सांसद विनोद चौधरीले तथ्याङ्क विभागको आर्थिक वृद्धिदरको प्रक्षेपणले मुलुक आर्थिक मन्दिमा फसेको निश्चित भएको बताएका छन्। आइतबार काठमाडौंमा बैंक तथा वित्तीय संस्था परिसंघले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले अपेक्षा भन्दा ४ गुणा कम आर्थिक वृद्धि हुने तथ्याङ्क विभागले देखाएको जनाए। अर्थतन्त्रमा वर्तमान अवस्थामा देखिएको समस्या र चुनौति विगतमा कहिल्यै नदेखिएको उनले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्