नक्कली कागजात पेस गरी नेपाली नागरिकता लिने १० जना भारतीय पक्राउ काठमाडौं, २४ वैशाख। नक्कली कागजात पेस गरेर नेपाली नागरिकता लिने १०जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी मनोज केसीका अनुसार पक्राउ पर्नेमा भारत बिहार घर भएका भरतप्रसाद गुप्ता,राहुल गुप्ता,ज्ञानमती देवी गुप्ता,गोपाल गुप्ता,रामसुन्दर गुप्ता,रामप्रवेश गुप्ता,भरत गुप्ता,स्नेहलता गुप्ता,मिनदेवी गुप्ता र राजेशकुमार गुप्ता रहेका छन्। प्रहरीले साढे ३महिनाको अनुसन्धानबाट उनीहरुले नेपाली नागरिकता लिएको तथ्य बाहिर ल्याएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्