दुगड ग्रुपका लेखापालसहित तीन जना ५४ तोला सुन र ८ तोला चाँदीसहित पक्राउ काठमाडौं, २४ वैशाख। अवैधरुपमा भारत लैजान लागेको ५४ तोला सुन र ८ तोला चाँदीसहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार पक्राउ पर्नेमा चालक विराटनगर–२ का ५२ बर्षीय बिमल कामत, भारत बिहार कटिहारका ६१ बर्षीय बिनोदकुमार मुरारका र उनकी श्रीमती ५६ बर्षीया पुष्पा मुरारका रहेका छन। बिनोद व्यापारिक घरना दुगड ग्रुपका लेखापाल हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्