नक्कली शरणार्थी प्रकरणले अन्य काण्डको जस्तो नियति नभोगोस्ः अध्यक्ष लिङ्देन
काठमाडौं, २४ वैशाख। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले नक्कली भुटानी शरणार्थी प्रकरण अन्य काण्ड जस्तो सेलाएर जान नहुने धारणा राखेका छन्। आइतबार राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले नक्कली शरणार्थी प्रकरणमा सरकारलाई सहयोग गर्न राप्रपा तयार रहेको बताए। उनले विगतमा धेरै काण्ड र प्रकरणहरु भएपनि त्यसै सेलाएर गएको चर्चा गर्दै शरणार्थी प्रकरणले त्यस्तो नियति भोग्न नहुने जनाए।
प्रतिक्रिया दिनुहोस्