मणिपुर हिंसाः पाँच दिनमा ५२ जनाको मृत्यु
काठमाडौं, २४ वैशाख। भारतको मणिपुरमा जारी हिंसामा ५२जनाको मृत्यु भएको छ। गत बुधबारदेखि कुकु र मैतेई समुदायबीचको हिंसामा उनीहरुले ज्यान गुमाएका हुन्। हिंसा चर्किएपछि मणिपुरमा इन्टरनेट सेवा बन्द गरिएको छ। मणिपुरका मुख्यमन्त्री एन बीरेन सिंहले हिंसात्मक घटना कम हुँदै गएको र अवस्था सुध्रिदै गएको बताएका छन्। मैतेईलाई आदिवासी जनजातिको सूचिमा राख्न लागेपछि दुई जातिबीच हिंसा भड्कीएको हो।
प्रतिक्रिया दिनुहोस्