राष्ट्रिय सभामा प्रश्नः आरजु देउवा र मञ्जु खाँणमाथि पक्राउ पूर्जि किन जारी भएन ? काठमाडौं, २४ वैशाख। राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहालले गठबन्धनमा भएकै कारण आरजु देउवा राणा र मञ्जु खाँणमाथि पक्राउ पूर्जि हुन नसकेको हो ? भन्दै सरकारसँग प्रश्न गरेका छन्। आइतबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले नक्कली भूटानी शरणार्थी प्रकरणमा नेकपा एमालेका नेताको नाम पनि जोडिएको कुरा बाहिर आइरहेको भन्दै सरकारले गल्ती गर्नेहरुलाई कारबाही गर्नुपर्ने तर निर्दोषको मानहानी गर्न नहुने बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्