लक्ष्यको ७२.२० प्रतिशत राजस्व संकलन, नौ महिनामा ७ खर्ब १९ अर्ब राजस्व उठ्यो
काठमाडौं, २४ वैशाख। सरकारले चालु आर्थिक वर्ष २०७९÷८०को पहिलो नौ महिनामा ७खर्ब १९अर्ब ६१करोड २०लाख रुपैयाँ राजस्व उठाएको छ। अस अवधिमा राजस्व परिचालन लक्ष्य ९खर्ब ९७अर्ब ९६करोड रुपैयाँ रहेको थियो। लक्ष्य गरिएको राजस्वको मात्र ७२.२०प्रतिशत उठेको अर्थ मन्त्रालयले जनाएको छ।२०७९साउनदेखि चैतसम्म कर राजस्व ६खर्ब १६अर्ब ११करोड८२लाख, गैरकर राजस्व ६७अर्ब ६८करोड७४लाख र अन्य प्राप्ती ३५अर्ब८६करोड६४लाख रुपैयाँ सरकारले संकलन गरेको छ।
प्रतिक्रिया दिनुहोस्