सबै सांसदको सम्पति सार्वजनिक गर्न माग गर्दै आरजुले भनिन्– मैले केही विराएको छैन, डराउँदिन काठमाडौं, २४ वैशाख। नेपाली कांग्रेसकी सांसद आरजु राणा देउवाले सबै सांसदको सम्पति विवरण सार्वजनिक गर्न चुनौति दिएकी छन्। आजदेखि सुरु भएको संसदका बजेट अधिवेशनको सुन्य समयमा उनले महिलाको प्रगति देखेर कसैलाई सह्य नभएको भन्दै आक्रोस समेत पोखिन्। ‘नारीले आफ्नो हैसियतमा राजनीति गरेको यो देशमा सह्य हुदैन रहेछ,’ उनले भनिन्, ‘मैले केही पनि विराएको छैन डराउँदीन।’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्