प्रधानमन्त्रीलाई एमाले सचेतकको चुनौतिः फिल्म हेर्न आतुर छौं, सबै काण्डको छानबिन गरौं काठमाडौं, २४ वैशाख। नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले सबै काण्डको छानबिन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई चुनौति दिएका छन्।संसदको आइतबारको बैठकमा बोल्दै उनले अहिलेसम्म भएका सबै भ्रष्टाचार र अनियमितताको छानबिन गर्नुपर्ने माग गरे।‘यो ट्रेलर मात्र हो,फिल्म आउन बाँकी छ प्रधानमन्त्रीज्यूले भन्नु भएको छ।प्रधानमन्त्रीज्यू हामी फिल्म हेर्न आतुर छौं, फिल्म देखाउनु हुन्छ भनेर टिकट काटेर बसेका छौं,’ उनले भने।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्