काठमाडौं महानगरपालिकाले सुरु गर्यो काठमाडौंको तार व्यवस्थापन कार्य
काठमाडौं, २५ वैशाख। काठमाडौं महानगरपालिकाले काठमाडौंका अव्यवस्थित तारहरुको व्यवस्थापन कार्य सोमबारबाट सुरु गरेको छ। सोमवार बिहान माईतीघर मण्डला क्षेत्रबाट अव्यवस्थित तार व्यवस्थापन सुरु गरिएको हो। महानगरपालिकाले नेपाल टेलिकमलगायतका सम्बन्धित निकायहरुसँगको समन्वयमा तार व्यवस्थापन गर्न सुरु गरेको छ। तार व्यवस्थापन कार्यको शुभारम्भपछि काठमाडौं महानगरपालिकाका महागरीय प्रहरी निरीक्षक ईश्वर वाग्लेले सम्बन्धित सबै पक्षहरुसँगको छलफलपछि समन्वयमा अव्यवस्थित तार हटाउन सुरु गरिएको जनाए।
प्रतिक्रिया दिनुहोस्