भारतको केरलमा डुङ्गा पल्टिँदा २१ जनाको गयो ज्यान
नयाँदिल्ली, २५ वैशाख। भारतको केरलस्थित मलम्पुरमा एउटा डुङ्गा पल्टिँदा मर्नेहरुको संख्या २१ पुगेको छ। घटना आइतबार राति भएको थियो। डुङ्गामा कति जना सवार थिए हालसम्म खुल्न सकेको छैन। घटनास्थलमा उद्धार कार्य जारी रहेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गरेका छन्। उनले पीडित परिवारलाई दुई–दुई लाख भारतीय रुपैयाँ सहायतास्वरुप उपलब्ध गराउने घोषणा गरेका छन्।
प्रतिक्रिया दिनुहोस्