उद्योग वाणिज्य महासंघका अध्यक्ष ढकालले उद्योगीलाई भने- आत्तिनु पर्दैन, अर्थतन्त्र ‘ट्रयाक’मा आउँछ काठमाडौं, २५ वैशाख। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्योगी व्यवसायीलाई नआत्तिन आग्रह गरेका छन्। आर्थिक संकट सुधारोन्मुख भएको बताउँदै उनले उद्योगी व्यवसायीलाई नआत्तिन आग्रह गरेका हुन्। काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले मुलुकमा देखिएको आर्थिक संकटमा केही समयपछि विस्तारै सुधार आउने र व्यापार व्यवसाय राम्रो हुने दाबी गरे।‘एक डेड वर्षमा अहिलेको अवस्थामा विस्तारै सुधार हुँदै जान्छ,’उनले भने।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्