रमेशजंग रायमाझीको अभिव्यक्तिप्रति राष्ट्रिय सभामा एमालेको आपत्ति काठमाडौं, २५ वैशाख। नेकपा एमालेले राष्ट्रिय सभाको आजको बैठकमा सुरुमै नियमापत्ति जनाएको छ। सोमवार बसेको बैठकमा नेकपा एमालले आइतबार बैठकमा नेपाली कांग्रेसका राष्ट्रिय सभामा दलका नेता रमेशजंग रायमाझीले दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन माग गर्दै नियमापत्ति जनाएको हो।आइतबार रायमाझीले एमाले सचिव टोपबहादुर रायमाझीलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीको जट्केलो छोरो भन्ने अभिव्यक्ति दिएका थिए।सोही अभिव्यक्तिलाई लिएर एमालेले नियम आपत्ति जनाएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्