एमाले सांसदले गरे अमरेश कुमार सिंहको स्वास्थ्य जाँचको माग
काठमाडौं, २५ वैशाख। प्रतिनिधि सभामा नेकपा एमालेका सदस्य अच्युतप्रसाद मैनालीले प्रतिनिधि सभा सदस्य डा.अमरेशकुमार सिंहको स्वास्थ्य जाँचको माग गरेका छन्। सोमवारको प्रतिनिधि सभा बैठकमा शून्य समयमा बोल्दै सांसद मैनालील सिंहको स्वास्थ्य जाँचको माग गरेका हुन्। प्रतिनिधि सभाको बैठकमा सिंहले आकस्मिक समयमा बोल्न नपाएको भन्दै आफ्नो सर्ट र गन्जी खोलेर बिरोध जनाएपछि मैनालीले उनको स्वास्थ्य जाँचको माग गरेका हुन्।
प्रतिक्रिया दिनुहोस्