नक्कली शरणार्थी प्रकरणः सत्यतथ्य छानविनका लागि आयोग गठन गर्न माग काठमाडौं, २५ वैशाख। कांग्रेस सांसद अर्जुन नरसिंह केसीले नक्कली शरणार्थी प्रकरणमा सत्यतथ्य छानविन गर्न आयोग गठनको माग गरेका छन्। सोमबारको प्रतिनिधि सभाको बैठकमा उनले नक्कली शरणार्थी प्रकरणमा सत्यतथ्य छानविन गर्न पूर्व प्रधानन्यायाधीशको संयोजकत्वमा निष्पक्ष, पारदर्शी र स्वतन्त्र सर्वाधिकार सम्पन्न आयोग गठन गर्न माग गरेका हुन्।उनले भने,‘नक्कली शरणार्थी प्रकरणमा राज्य संयन्त्र नै मिसिएको छ। यसले राष्ट्रलाई लज्जीत बनाउने काम गरेको छ।’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्