संसद बैठकमै अर्धनग्न भएका अमरेशको प्रतिक्रियाः बिचौलियाले बनाएको बजेट पढ्ने संसदमा बोल्न दिइएन काठमाडौं, २५ वैशाख। आफूलाई बोल्न नदिएको झोकमा संसदमै अर्धनग्न भएका स्वतन्त्र सांसद अमरेशकुमार सिंहले बजेट बिचौलियाले बनाउने गरेको आरोप लगाएका छन्। प्रतिनिधिसभामा बोल्न नदिएपछि कपडा उतारेका सिंह बैठकबाट बाहिरिएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै बिचौलियाले बनाएको बजेट पढ्ने संसदमा आफूलाई बोल्न नदिएकोले विरोध गरेको टिप्पणी गरे। नक्कली शरणार्थी प्रकरणदेखि भ्रष्टाचारको विषयमा आफूलाई बोल्न नदिएपछि आफूले विरोध जनाएको उनको भनाई छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्