रास्वापाले ढाकाकुमार श्रेष्ठमाथि गरेको कारवाही तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालिन अन्तरिम आदेश
काठमाडौं, २५ वैशाख। सर्वोच्च अदालतले सोमबार राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले पूर्वसांसद ढाकाकुमार श्रेष्ठमाथि गरेको कारवाही तत्काल कार्यन्वयन नगर्न अल्पकालिन अन्तरिम आदेश दिएको छ। श्रेष्ठले दुई करोड मागेको टेप सार्वजनिक भएपछि रास्वपाले उनलाई साधारण सदस्य र समानुपातिक सांसदबाट हटाएको थियो। त्यसपछि पार्टीको निर्णयविरुद्ध श्रेष्ठले सर्वोच्चमा रिट दायर गरेका थिए। सवोच्चको यो आदेशसँगै तत्कालको लागि श्रेष्ठको सांसद पद जोगिएको छ।
प्रतिक्रिया दिनुहोस्