अर्थतन्त्र संकटमा परेको बेलामा अर्थतन्त्रको स्थायित्व र स्थिरताका कुराले न्याय गर्दैनः डा.वाग्ले
काठमाडौं, २५ वैशाख। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.स्वर्णिम वाग्लले अर्थतन्त्र संकटमा परेको बेलामा अर्थतन्त्रको स्थायित्व र स्थिरताका कुराले न्याय गर्न नसक्ने बताएका छन्। सोमवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले समस्याग्रस्त अर्थतन्त्र भएर लय गुमाएको अवस्थामा आर्थिक स्थायित्व र स्थिरताका कुरा गर्नु उचित नभएको जनाए। राजश्व संकलन र खर्च बीचको ठूलो खाडल पूरा गर्न सजिलो नभएको समेत उनले बताए।
प्रतिक्रिया दिनुहोस्