नक्कली शरणार्थी प्रकरणको धन्दा कांग्रेस नेतृत्वको सरकारले सुरु गरेको होः महासचिव पोखरेल
काठमाडौं, २५ वैशाख। नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले नक्कली शरणार्थी प्रकरणको धन्दा नेपाली कांग्रेस नेतृत्वको सरकारले सुरु गरेको आरोप लगाएका छन्।सोमबार काठमाडौंमा आयोजित राष्ट्रिय युवा संघ नेपालको केन्द्रिय कमिटी बैठकमा उनले शरणार्थीको छुटेको विवरण तयार पार्ने काम नेपाली कांग्रेसका गृहमन्त्री बालकृष्ण खाणको पालाबाट सुरु भएको बताए।मन्त्री खाणले निर्णय गरी नेपालीलाई भुटानी शरणार्थी बनाउने धन्दा सुरु भएको उनको आरोप छ।
प्रतिक्रिया दिनुहोस्