संघीय संसद अन्तर्गत दुवै सदनको बैठक बस्दै
काठमाडौं, २६ वैशाख। संघीय संसद अन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ। आज राष्ट्रिय सभाको बैठक बिहान १०ः३०बजेबाट सुरु हुनेछ भने प्रतिनिधि सभाको बैठक बिहान ११बजेबाट सुरु हुनेछ। आजको बैठकमा सरकारले गत आईतवार प्रस्तुत गरेको आगामी वर्षको बजेटका सिद्धान्त र प्राथमिकताका बारेमा छलफल हुनेछ।सोमवारबाट शुरु भएको बजेटका सिद्धान्त र प्राथमिकतामा सोमवार सांसदहरुले बोल्ने क्रम नसकिएकाले आज पनि सोही विषयमा छलफल हुनेछ।
प्रतिक्रिया दिनुहोस्