एमालेको सचिवालय बैठक आज बस्दै, केन्द्रीय समितिमा प्रस्तुत गरिने बिषयमाथि छलफल हुने काठमाडौं, २६ वैशाख। नेकपा एमालेको सचिवालय बैठक मंगलवार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो २बजे बस्ने भएको छ। सचिवालय बैठकमा आगामी केन्द्रीय समितिमा प्रस्तुत गरिने बिषयमाथि छलफल गरिने छ। एमालेको केन्द्रीय समिति बैठक २८वैशाखबाट सुरु हुँदैछ। बैठक झापामा हुने भनिएको थियो।तर, संघीय संसदमा नीति तथा कार्यक्रम र बजेट लगायतका विषय छलफल गर्नुपर्ने भएको हुँदा बैठक काठमाडौंमा नै गर्ने निर्णय भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्