रमेशजंग रायमाझीले प्रयोग गरेको ‘झट्केलो छोरो’ शब्द रेकर्डबाट हटाउन अध्यक्ष तिमिल्सिनाको निर्देशन काठमाडौं, २६ वैशाख। राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले वैशाख २४गतेको सभाको बैठकमा सत्तापक्षका सदस्य रमेशजंग रायमाझीले प्रयोग गरेको शब्द रेकर्डबाट हटाउन संसद सचिवालयलाई निर्देशन दिएका छन्।मंगलवार बसेको राष्ट्रिय सभाको बैठकमा अध्यक्ष तिमिल्सिनाले सत्तापक्षका सांसद रमेशजंग रायमाझीले प्रयोग गरेको ‘उहाँको झट्केलो छोरो हो टोपबहादुर रायमाझी’ भन्ने शब्द रेकर्डबाट हटाउन निर्देशन दिएका हुन्।एमालेले नियमापत्ति जनाएसँगै अध्यक्ष तिमिल्सिनाले शब्द हटाउन निर्देशन दिएका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्