क्यानडाले चिनियाँ कूटनीतिज्ञलाई गर्यो निष्कासन, सांसदलाई धम्काएको आरोप ओटावा, २६ वैशाख। क्यानडा सरकारले टोरन्टोस्थित एक जना चिनियाँ कूटनीतिज्ञलाई निष्कासन गरेको छ। निष्कासन गरिएका चिनियाँ कूटनीतिज्ञमाथि सांसदलाई धम्काएको आरोप लगाइएको छ। सांसद माइकल चोंगले चीनमाथि मानवअधिकार हननको आरोप लगाएका थिए। त्यसपछि चिनले उनलाई र हङकङमा रहेका उनका आफन्तलाई दुःख दिएको बताइएको छ। माइकललाई धम्काएको आरोपमा चिनियाँ कूटनीतिज्ञ चाओ वेईलाई निष्कासन गर्ने निर्णय भएको क्यानडाका विदेशमन्त्री मेलानी जोलीले बताएकी हुन्।(बीबीसी)
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्