भारतको मध्य प्रदेशमा बस पुलबाट नदीमा खस्यो, १५ जनाको मृत्यु नयाँदिल्ली, २६ वैशाख। भारतको मध्य प्रदेशको खरगोनमा यात्रुवाहक बस पुलबाट नदीमा खस्दा १५ जनाको मृत्यु भएको छ। दुर्घटना स्थानीय समयअनुसार मंगलबार विहान ८ः४० बजे भएको थियो। मध्य प्रदेशका गृहमन्त्री नरोत्तम मिश्राले दुर्घटनामा २५ जना यात्रु घाइते भएको जनाएका छन्। घाइतेहरुको उपचार जिल्ला अस्पतालमा भइरहेको छ। मध्य प्रदेश सरकारले मृतकका परिवारलाई चार–चार लाख रुपैयाँ आर्थिक सहायता दिने घोषणा गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्