तोसिमाको आरजुलाई प्रश्नः भ्रष्टाचारको पनि लिङ्ग हुन्छ ? काठमाडौं, २६ वैशाख। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा.तोसिमा कार्कीले मंगलबार प्रतिनिधि सभा बैठकमा नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर विदेश लैजाने काममा संलग्नलाई जोगाउने काम भईरहेको भन्दै आपत्ति जनाएकी छन्। नेपाली कांग्रेसकी सांसद आरजु राणा देउवाले अनुसन्धान माग गर्दा महिलालाई अघि बढ्न रोक लगाइयो, महिलामाथि हिंसा भयो भनेको स्मरण गर्दै ‘भ्रष्टाचारको पनि कुनै लिङ्ग हुन्छ?’ भन्दै उनले राणालाई प्रश्न गरिन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्