नक्कली शरणार्थी प्रकरण राष्ट्रघात र देशद्रोह होः एमाले सांसद गैरे
काठमाडौं, २६ वैशाख। नेकपा एमालेका सांसद ठाकुर गैरेले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर करोडौं रकम लिने कामलाई देशद्रोह र राष्ट्रघात बताएका छन्।मंगलबार प्रतिनिधि सभा बैठकमा उनले उक्त प्रकरणमा संलग्न सबैलाई कडा कारवाहीको माग गरेका छन्।‘नेपालीलाई भुटानी शरणार्थी बनाएर विदेशमा पठाउने र त्यसवापत करोडौं लिने काम भ्रष्टाचार र अपराध हो। अपराध मात्र नभइ यो कार्य राष्ट्रघात र देशद्रोह हो,’उनले भने।
प्रतिक्रिया दिनुहोस्